Breaking

जिल्लमा तालमेलको सहमति जुटाउन म्याद थप गर्ने गठबनधनको निर्णय


काठमडौँ – सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद थप गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्लास्तरमा कुन पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्ने समय थप गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो । यस्तै गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा भोलि संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ ।।