Breaking

गठबन्धनलाई टक्कर दिन भरतपुरमा एमालेबाट विजय सुवेदी मेयरमा उठ्दै


काठमाडौँ – अघिल्लो चुनावमा मेयर लडेका देवी ज्ञवालीको प्रस्तावमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी उठ्ने भएका छन् । लाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

जिल्ला इन्चार्जसमेत रहेका ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेदवार प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने एमालेले जनाएको छ ।

सुवेदी प्रदेशसभा सदस्य समेत हुन् । उनी २०७४ मा भएको प्रदेश निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं.२ ख बाट विजयी भएका उनी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री समेत बनेका थिए ।

भरतपुर १२ का स्थायी वासिन्दा सुवेदी चितवनमा पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका थिए ।