Breaking

चुनावको तयारीमा एकीकृत समाजवादी,उम्मेदवार छनोटका लागि ८ बुँदे मापदण्ड


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीको सचिवालय बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।

जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने छन् ।

त्यसैगरी बैठकले उमेदवार छनोटका लागि ८ बुँदे मापदण्ड तय गरेको छ । चुनावका लागि आकांक्षीमध्येको नाम चैत ३० गतेभित्र वडा कमिटीले माथिल्लो कमिटीमा सिफारिस पठाइसक्न पनि पार्टीले निर्देशन दिएका छ ।

उम्मेदवार छनोटका लागि ८ बुँदे मापदण्ड निम्नप्रकारका छन्

१. वडा सदस्यको लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले निर्णय गर्ने । 
२. वडा अध्यक्षको लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्ने । 
३. गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको लागि पार्टीको पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने । 
४. महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको लागि पार्टीको सम्बन्धित 
पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने । 
५. कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानविन गरी  फैसला गर्ने ।
६. सिफारिस गर्ने क्रममा सर्वसम्मति भएमा सोही नाम पठाउने र सर्वसम्मति नभएमा आकाङ्क्षीमध्ये कम्तिमा एक महिलासहित तीन जनाको नाम पठाउने । 
७. उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने ।
८. समाजवादीले    गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा सिफारिस भई आएका नाम मध्येबाट उम्मेदवार चयन गर्ने जनाएको छ । अन्य दललाई परेका स्थानमा पार्टीका उम्मेदवार नरहने बताएको छ ।