काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा शीर्षस्थानको कोलकत्ता नाइट राइडर्सले सातौँ स्थानको दिल्ली क्यापीटल्ससँग प्रतिष्पर्धा गर्नेछ ।
यस्तै दोस्रो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सको सामना गर्ने छ । राजस्थान र लखनउबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा हुनेछ ।
नवप्रवेशी टिम लखनउ ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ नेटरनरेटमा लिगको चौथो स्थानमा छ ।
प्रतिक्रिया