राजनीति

गभर्नर अधिकारीको निलम्बन तुरुन्त फिर्ता लिन एमालेको चेतावनी


काठमाडौँ – नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले गलत अभ्यास गरेको भन्दै यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने चेतावनी दिनुभयो ।

पौडेलले गभर्नरमाथिको कारवाहीले अर्थतन्त्र थप संकटमा जाने भएकाले तत्काल सो कदम फिर्ता लिन सरकारलाई चेतावनी दिनुभयो ।