Breaking

देशको अर्थव्यवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै


काठमाडौँ — नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन जना पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरिने छ । पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री बनेका डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले धारणा राख्नेछन् ।

सोही पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको विषयमा पनि औपचारिक धारणा आउने रिजालले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा विरोध जनाउँदै आएका छन् ।