Breaking

भोजपुरका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय


काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा अवद्ध राजनीतिक दलहरूले भोजपुरका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् ।

शनिवार भोजपुरमा बसेको नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ जनता समाजवादी पार्टी‚ नेकपा (एकीकृत समाजवादी) को बैठकले केन्द्रको निर्णयबमोजिम जिल्ला समन्वय समिति‚ नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ रायमाझी, कांग्रेस भोजपुर सभापति विनोद बान्तावा, माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङ राई र सुदन किराँती, एकिकृत समाजवादीका केन्द्रीय सदस्य रमेश शाक्य र भोजपुर अध्यक्ष वीरजंग राई उपस्थिति थिए । ​त्यस्तै‚ जनता समाजवादीका केन्द्रीय सदस्य रामसिङ राई, भोजपुरका अध्यक्ष आशकुमार राई बैठकमा सहभागी थिए ।