Breaking

विराटनगर : मेयरमा एमालेबाट नगर अध्यक्ष थापासहित ५ जनाको नाम सिफारिस, लालबाबु पण्डित ब्याक


काठमाडौँ — मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत रमहेश भट्टराईको नाम सिफारिस गरेको हो ।