काठमाडौँ — गठबन्धनको तयारीसंगै चासो र चर्चामा रहँदै आएको चितवनको भरतपुर महानगरमा माओवादी र कांग्रेसवीच वारपारको अवस्था देखिएको छ । गत निर्वाचनमा एमाले अध्यक्ष ओली र प्रचण्डकावीच पनि राजनीतिक लडाईको थलो बनेको चितवनलाई अहिले माओवादीले प्रतिष्ठा र कांग्रेसले अधिकारको लडाइको रुपमा लिइरहेको छ । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले नै यो भरतपुर महानगरपालिका आफैले पाउने कार्यकर्तामाझ दाबी गरेका छन् । चितवनको माडीमा केहि समयअघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक थलो बनेको थियो । प्रचण्डको सेखी झार्न एमालेले महाधिवेशन नै चितवनमा गरेको थियो । रामको जन्मस्थानका रुपमा माडीको अयोध्यालाई चिनाउँदै राममन्दिर निर्माणको अभियान थालेका ओलीले यस क्षेत्रलाई विशेष चासो राख्दै आएका छन भने प्रचण्डले चितवन कुरु क्षेत्र बन्दैछ भन्ने अभिव्यक्ति नै दिएका थिए ।
जनता र बैरीका बीचमा लडाइँ सुरू हुन लागेको बताएका उनले यसपटक लडाइँ हिंसात्मक नभई राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन भएको बताएका थिए । यो दौडधुप र रस्साकस्सी अहिले केहि कम भएपनि अव प्रचण्डको तगारो चितवनका कांग्रेस नेता कार्यकता बनेका छन । प्रचण्डलाई उनकै क्षेत्रमा कमजोर पार्ने एमालेको रणनितिका कारण पहिलेबाटै राजनीतिक ईपिसेन्टर बन्दै आएको चितवनमा कांग्रेसले पनि प्रहार सुरु गरेको हो । जसलाई आफ्नो प्रतिष्ठाको लडाई मानेका प्रचण्डले एक्लै भएपनि लड्ने बताईसकेका छन । भरतपुरलाई कांग्रेसले आफ्नो प्रतिष्ठा र अधिकारकै विषय बनाईरहँदा माओवादीले आफूले काम गरेर देखाएका कारण भरतपुर आधार क्षेत्र रहेको बताँउदै आएको छ । यहि विवादका कारण रेणु दाहालले मेयरमा उठ्ने व्यक्तिगत ईच्छा नभएको तर पार्टीले भने पछि नहट्ने दोहोरो अभिव्यक्ती दिदै आएकी छन । तर प्रचण्डले भने ६ वटा महानगरमध्ये माओवादीले लिने भरतपुर नै रहेको र त्यहा दाबी रहुन स्वभाविक रहेको बताएका छन । जिल्लास्तरको नेताहरुको विरोधका वावजुत पनि उनले यो केन्द्रस्तरबाटै टुंगिने विषय भएका बताँउदै आएका छन ।
यता चितवन कांग्रेसले भने स्थानीय र संसदीय दुवैमा छोरी र बाउलाई छोडे हामी चाँहि तालीमात्र बजाएर बस्ने हो भन्ने प्रश्न गर्न थालेका छन । गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेकोले यो पटक काँग्रेसलाई नेतृत्वमा सहयोग गर्न उनीहरुको आग्रह छ । महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिने जिल्लाका नेताहरुको भनाई छ । यस बारे पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराईसकेका छन । जिल्ला सभापति राजेश्वर खनालले त महानगरको प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी नै दिएका छन । केन्द्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको उनको भनाई छ । कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली काँग्रेस पार्टी नै धराशायी बन्ने खनालको भनाई छ । माओवादीको आँखाबाट हेर्न हो भने उसका लागि एकमात्र वलियो विकल्प भरतपुर नै हो ।
जसपामा लागि विरगञ्ज र विराटनगर विकल्प रहँदा एकीकृत समाजवादीका लागि पोखरा सम्भावनाका महानगर हुन । तर कांग्रेसका लागि भने बाँकि रहेको काठमाडौँ र ललितपुर महानगर नै बलियो सम्भावना छ । तर राजधानीको भएका कारण काठमाडौ नछोड्ने, शेखर कोईरालाका लागि महत्वपूर्ण भएका कारण विराटनगर नछोड्ने र विगत १० बर्ष देखि रुखमा भोट हाल्न नपाएको भन्दै भरतपुर नछोड्ने खेमा अनुसारका कांग्रेसका नेताहरुको भनाई छ । अझ विरगन्ज पनि छोड्न नहुने त्यहा कांग्रेस नेताहरको मागका बीच पोखरामा भने खासै त्यस्तो देखिएको छैन । यसरी हेर्दा आन्तरिक कलहकै कारण कांग्रेससंग अन्य सत्ता घटक दलले टकरावको महसुस गरिरहेका छन ।


प्रतिक्रिया