Breaking

जनताको घरघर जाऔँ भन्दै कुदेका नेता पार्टी प्यालेसबाटै फर्किए, मिष्ठान्न भोजनमा भूले काँग्रेसका नेता


काठमाडौँ — नेपाली कांग्रेसले फागुन २९ गते सुरु गरेको घर–घर जाऔं काग्रेस जिताऔं भन्ने अभियान काठमाडौामा सकिएको छ । एक महिने चुनावी अभियान नारामा प्रभावकारी देखिए पनि व्यवहरत प्रश्नहरुकै बीच अभियान समापन भयो । गत फागुन २९ गते स्थानीय तहको निर्वाचनमा माहोल बनाउन र एमसीसी लगायतका विषयको भ्रम चिर्न सत्ता गठबन्धनको नेतृत्व गरेका नेपाली कांग्रेसले घर घर जाऔं कांग्रेस जिताऔं अभियानको सुरुवात गरेको थियो । एक महिनासम्म कार्यकर्ताको बीचमा गएर एमसीसी र निर्वाचनमा पार्टी पहिलो बनाउने कार्यकतालाई प्रशिक्षित नै गरायो । त्यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधि तल्लो तहसम्म खटाएको थियो तर केन्द्रबाट घर घरसम्म पुग्छु भनेको अभियान वडामा टोल कमिटी मात्रै गठन गरेर फर्कियो ।
नारामा घर घर जाऔं भने पनि कांग्रेसका कुनै शीर्ष नेता जनताको घरमा चाहीँ पुगेनन् । घरघरमै पुग्न नभ्याएपछि नेताहरु पार्टी प्यालेसमा जमघट गरेर कांग्रेस जिताऔं अभियानले भने पूर्णता पाएको छ ।

कांग्रेसको अधिकांश कार्यक्रम वडाहरुको पार्टी प्यालेसमा नै सकियो तर, अभियान भने सफल भएको कांग्रेसका नेताहरुले बताइरहेका छन् । एक महिनासम्म चलेको अभियानमा कांग्रेसलाई प्रत्येक नागरिकको घरमा पुगेर एमसीसी र आगामी चुनावमा कांग्रेसलाई भोट किन भन्ने स्पष्ट पार्ने मौका थियो । तर, कांग्रेसले पार्टी प्यालेसमा कार्यकर्ताहरु सँगको मिष्ठान्न भोजनमै एक महिना व्यतीत गर्याे । कांग्रेसले यो अवधिमा अपेक्षाकृत काम गर्न नसकेको पार्टीका नेता स्वयम् स्वीकार्छन् । कम्युनिष्टहरु फुटेको अवस्थामा जनतालाई आफूतिर आकर्षित गर्ने मौका गुमाएको कांग्रेसका हरेक स्थानीय तहमा उम्मेदवारका आकांक्षी उल्लेख्य छन् । कांग्रेसले कस्ता व्यक्ति वा के का आधारमा चुनावका लागि उम्मेदवार छनौट गर्छ भन्ने पनि अन्योल नै छ ।

यस्तोमा, विगतका दिनहरुमा शीर्ष नेताका निकट व्यक्तिलाई उम्मेदवार बनाउने परिपाटीको अन्त्य गरि पार्टीमा अविचलित भई निरन्तर योगदान दिनेलाई उम्मेदवारमा उठाउने नेताको तयारी रहेको छ । कांग्रेसका नेताहरुले एक महिने यो अभियान सफल भएको बाहिरी समीक्षा गरेपनि उनीहरुको अन्तरमनले बोलाई र गराईको तालमेल नमिलेको निचोड पक्कै निकालेका छन् । एकातिर गठवन्धनको अन्योलता र अर्कातिर कार्यकर्ता परिचालनमा चुकेका कारण काँग्रेसको नीति र व्यवहारमा असमानज्यस्यता देखिएको हो ।