देश

वाग्मती सरसफाई अभियन्ताहरुलाई सम्मान गर्ने


काठमाडौँ — अधिकार सम्पन्न वाग्मति सभ्यता एकीकृत विकास समितिले वाग्मती सफाई अभियानमा जोडिएका अभियन्ताहरुलाई सम्मान गर्ने जनाएको छ । संस्थाको २८ औं वार्षिक उत्सव अवसरमा निरन्तर खोलाको सफाईमा खटेका कर्मचारी तथा संस्थाले आयोजना गरेको खेलकुल प्रतियोगिता,कविता वाचन लगायत विभिन्न प्रतियोेगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गर्ने संस्थाका कार्यकारी समिति अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले बताउनुभयो ।

शनिवार पत्रकार सम्मेलन गर्दै समितिको २८ औं वार्षिक उत्सव कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको उहाँले जानकारी दिनुभयो । वाग्मती नदीको संरक्षण र सम्वद्र्धन सहित वातावरणीय स्वच्छता कायम गराउने उदेश्य सहित वि.सं २०५१ को सालमा स्थापना भएको समितिले नीजि क्षेत्रसँगको समेत सहकार्यमा नदी किनाराको सौन्दर्यकरण,नदी किनारामा रहेका धार्मिक तथा ऐतिहासिक मठमन्दिर तथा स्मारकहरुको पुननिर्माण साथै भौतिक संरचना निर्माण लगायतका गतिविधिहरु गर्दै आएका छन ।