देश

तारकेश्वर नगरपालिकाका मेयरको आकांक्षी कृष्णमानको १३ बुंदे ध्यानाकर्षण


काठमाडौँ — आसन्न स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिका आधा दर्जन कांग्रेस नेताहरुको दावेदारी छ । तारकेश्वर नगरपालिकाको मेयरमा कांग्रेस नेता कृष्णहरि महर्जन, कृष्णमान श्रेष्ठ, राम थापा मनहरि तिवारी सहित आधा दर्जन मेयरका आकांक्षी छन । मेयरका आकांक्षी कृष्णमानले भने नगरवासीहरुको आग्रहमा नै मेयरमा उम्मेदवारी दिन लागेको बताए उनले भने ‘तारकेश्वरमा नेपाली कांग्रेसलाई जिताउने अभियानमा छु । उठ्नको लागि सबैले मेरो मूल्यांकन गरेर नै अघि बढ भन्नुभएको छ,’ । साथै कृष्णमानले नेतृत्वको ध्यानाकर्षण गराउँदै उम्मेदवार चयन गर्दा सक्षमलाई दिनु पर्ने स्प्रष्ट पार्छन् । उनले नेतृत्वले ध्यान दिनु पर्ने कुरा सुझाउदै सामाजिक सञ्जालमा आफ्नो दावी र योजना पेश गर्छन् ।
उनले पेश गरेको दावी यसप्रकार रहेको छ ।


१. एकपटक उठीसकेकाहरूलाइ पुनः सिफारिस नगरौं ।
२. एक व्यक्ति, एक पदू लाई दृढतापूर्वक कार्यान्वयन गरौं ।
३. विकासप्रेमी, अनुशासित, इतिहास बनाएको, पार्टीमा योगदान गरेको, स्पष्ट वक्ता, माथिसम्म पहुँच भएको र सुखदुःखमा साथ र संरक्षण गर्न सक्ने उम्मेदवारहरूलाई मात्र चयन गरौं ।
४. यसपटक अर्थ,राजनीति सम्बन्धि बुझेको व्यक्तिलाई सिफारिस गरौं ।
५. आर्थिक रूपमा अत्यन्त इमानदार र नेतृत्व गर्न सक्ने प्रतिनिधिहरूलाइ मात्र चयन गरौं ।
६. निडर, साहसी, समाजलाई बुझेको र सहमति, सहकार्य र एकता गर्न सक्ने प्रतिनिधिहरूलाइ पठाऔं ।
७. नयाँ संविधान, गणतन्त्र र परिवर्तनप्रेमी प्रतिनिधिहरूलाई सिफारिसका साथ चयन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
८. तारकेश्वर नगरपालिकाको प्रमुखमा यसपटक मेरो पनि उम्मेदवारी रहने सहर्ष अवगत गराउन चाहन्छु ।
९. म तारकेश्वरवासी हजुरहरू सबैको सेवा गर्न सक्षम, आकांक्षी र इच्छुक रहेको जानकारी गराउँदछु ।
१०. हजुरहरू सबैको आशीर्वाद पाएमा म अवश्य विजयी हुनेछु र पुनःदोहोर्याएर नउठने वाचा आजै गर्दछु । सबैलाई आलोपालोको व्यवस्था मिलाउने प्रक्रियाको थालनी गर्न दृढतापूर्वक उभिनेछु ।
११. हरेक निर्णयप्रक्रियामा हजुरहरूलाइ अनिवार्य सहभागी गराइ सामूहिक निर्णयप्रक्रियाका आधारमा मात्र अघि बढ्नेछु ।
१२.कसैलाई कुनै प्रकारको भेदभाव नगर्ने संकल्प गर्दछु ।
१३ अन्त्यमा, तारकेश्वर नपाको समग्र र नमूना विकासका लागि तुरुन्तै डीपीआर तयार पारी प्रदेश र संघीय सरकारसँग

समन्वय गर्दै नीजि र अन्तर्राष्ट्रिय दातृसंस्थाहरूसँग समेत सहकार्य गर्ने वचनबद्धता व्यक्त गर्दछु ।
गत निर्वाचनमा तारकेश्वर नगरपालिकाको मेयरमा एमालेबाट रामेश्वर बोहरा विजयी भएका थिए । विजयी भएका बोहराले ९ हजार ३२६ मत ल्याएका थिए भने पराजित कांग्रेस उम्मेदवार श्रीराम थापाले ७ हजार ७५७ मत प्राप्त गरेका थिए । उपप्रमुखमा पनि एमालेले जितेको थियो । एमालेबाट भवानी डोटेल धिताल १० हजार ३३७ मत सहित विजयी हुँदा कांग्रेस दोस्रो स्थानको मत ल्याई पराजित भएको थियो । कांग्रेसबाट गीता न्यौपाने अर्यालले ६ हजार ९८३ मत ल्याएकी थिइन् ।