समाचार

स्थानीय तह कर्मचारी युनियनको अध्यक्षमा सागर श्रेष्ठ निर्वाचित


काठमाडौँ — सिन्धुपाल्चोकमा स्थानीय तह कर्मचारी युनियन नेपाल सुनकोशी गाउँपालिकाको अध्यक्षमा सागर श्रेष्ठ निर्वाचित भएका छन् ।

सागर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति सुनकोशी गाउँपालिका–७ पाङग्रेटार इकाई गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा बिनोद भण्डारी, सचिवमा शिव न्यौपाने, कोषाध्यक्षमा साबित्री खत्री र सहसचिवमा सुवास कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा पुरषोत्तम ढुंगाना, ग्याल्जेन तामाङ, राधिका गुरागाँई, मेनुका कार्की, एलेक्स कार्की, हमृत माझी, सुशिल खड्का र टोप बहादुर खड्का छनौट भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले स्थानीय तह र नागरिकलाई कसरी समृद्ध पार्न सकिन्छ भन्ने उद्धेश्यले इकाई गठन गरिएको जानकारी दिनु भयो ।