राजनीति

गभर्नरलाई निलम्बन गरेको प्रति कमल थापाको आपत्ति


काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले असन्तुष्टी ब्यक्त गरेका छन् ।

उनले आज ट्वीट गर्दै अर्थतन्त्र कमजोर भएको अवस्थामा हचुवाको भरमा गभर्नरलाई निलम्बन गर्ने निर्णय अदूरदर्शी, गैरजिम्मेवार र निन्दनीय भएको जनाएका हुन । यस्तो निर्णयले आर्थिक क्षेत्रमा गलत सन्देश जाने भएकाले तत्कालै सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई थापाले चेतावनी दिएका छन् ।