Breaking

आजको मौसम : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौँ — स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवार बिहान पहाडी भू-भागमा सामान्य बदली रही गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी प्रदेशमा भने सामान्यतः मौसम सफा रहने छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।