Breaking

लिङ्देनले राप्रपाको शक्ति देखाए, लिङ्देन पनि ओली, प्रचण्ड र देउवा जस्तै, किन फरक देखिएनन् ?


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय तह निर्वाचनको देशदौडाहमा रहेको राप्रपाले काठमाडौंमा शक्ति देखाएको हो । आगामी निर्वाचन जित्ने विश्वाससहित शक्ति प्रदर्शनमा होमिएको राप्रपाले नयाँ एजेन्डा प्रस्तुत गर्न सकेको छैन । गणतन्त्रवादी दलहरुलाई पाखा लगाएर पुनः राजसंस्थालाई फर्काउने दृढ विश्वाससहित राजावादीको नयाँसाहस बनेर आएका राजेन्द्र लिङ्देनले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको प्रयास गरे ।खुल्लामञ्चमा कार्यकर्ताको बीचमा उभिएर काँग्रेस, एमाले र माओवादीहरु नै राजा चाहिन्छ भन्ने पक्षमा रहेको दाबी समेत गरे । मुलतः राजसंस्था पुनःस्थापनाको मुद्धालाई नयाँ आवरणमा देखाएर आफुलाई परिष्कृत राप्रपा भएको देखाउँदै उनी पनि चुनावमा होमिएका छन् ।

गत मंसिरमा सम्पन्न पार्टीको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका लिङ्देन पहिलोपटक आफ्नै नेतृत्वसहित चुनावमा जाँदैछन् ।पार्टीलाई बलियो बनाउने कसम खाएका उनी आफैलाई नेता बनाएका र आफैँसँग पराजित भएका कमल थापाले नयाँ पार्टी बनाएपछि ‘पहिलो गाँसमै ढुंगा’ भनेजसरी थलिएका छन् । यद्यपी काँग्रेस–एमाले जस्तारैथाने राजनीतिक दलप्रतिको वितृष्णा र आफुलाई मनपराउनेको संख्या उल्लेख्य देखिएपछि लिङ्देननयाँ जोशसहित निर्वाचनमा सुखद परिणामको आशमा छन् ।तर नयाँ नीति र कार्यक्रमबारे अस्पष्ट नै रहेका उनी पुरानै शैलीमा भोट मागिरहँदा शंकाको सुविधा दिइरहेका छन् । केहिसमय अघि लिङ्देनले एक सार्वजनिक मञ्चबाट नेतालाई चोर भन्छन् भनेको अभिव्यक्ति निकै चर्चामा आएको थियो ।उनको अभिव्यक्ति र व्यवहारको तादम्यताबीच विस्तारै फरकपन आउदै गएपछि राजनीतिक वृत्तमै उनी फरक हुनुको कारण खोज्न थालिएको छ ।