Breaking

चुनाव सार्ने भित्री कसरत, विप्लवको गुहार,स्थानीय निर्वाचनमा सूर्य चिन्ह किन पहिला? गठबन्धनको त्रसित


काठमाडौँ — स्थानीय तहको निर्वाचन आउन अब मात्र ३५ दिन मात्र बाँकी छ । राजनीतिक दलहरु उम्मेद्वारी छनोटको अन्तिम गृहकार्यमा जुटिरहेका छन् । तर पनि अझै निर्वाचन सर्ने सुविधामाथि शंका गरिएको छ । बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनमानेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भाग लिन खोज्दैछ । पार्टीको आन्तरिक विवादकै कारण समयमै निर्णय गर्न नसकेपनि अहिले निर्वाचन आयोगसँग चुनाव सार्न गुहार मागिरहेको छ । बिहिबारमात्रै निर्वाचन आयोग पुगेर पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले चुनावमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गरेका थिए । तथापी स्टेशनबाट रेल छुटिसकेको जवाफ दिएर आयोगले रित्तो हात फर्काइदियो ।

उस्तै गुहार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग पनि गरेपछि बुधबारको सत्ता गठबन्धन बैठकमा समेत यस विषयले प्रवेश पाएको थियो । गतबर्षमात्रै शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेको नेकपाले चुनाव सार्न आग्रह नै गरेपछि यसअघिनै निर्वाचन सार्नुपर्ने मत राखिरहेका दलले सोच्न सकिने तर प्रक्रिया धेरै अगाडी बढेको जवाफ थिए ।स्थानीय तहको निर्वाचनमा होमिएर पनि दलहरु उम्मेद्वारी छनोटको अन्तिम गृहकार्यमा छन् ।तयारी हेर्दा चुनाव रोकिने कुनै सम्भावना छैन । तर, चुनाव सार्न भित्रभित्रै ठूलै कसरत पनि भइरहेको छ भन्ने चर्चा व्यापक छ । निर्वाचन सर्नसक्ने अर्काे बलियो आधार भनेको आयोग र राजनीतिक दलहरुबीच चलिरहेको बढ्दो विवाद पनि हो ।

आयोगका हरेक निर्णयसँग राजनीतिक दलहरुले असहमति जनाउँदै सकभर आफु अनुकुल माहोल बनाउने पक्षमा छन् ।जस्तोकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको रङमा विवाद झिके जस्तै सत्तागठबन्धनमा आवद्ध दलहरुले मतपत्रको सुरुमै नेकपा एमाले राखिएको विषयप्रतिचासो देखाएका छन् ।आयोगले आगामी निर्वाचनको मतपत्रको सुरुमै सूर्य चिन्ह राखेपछि गठबन्धनको बैठकमै यसबारे चर्चा भएको थियो । मुलतः प्रतिनिधिसभाको गत निर्वाचनमा समानुपातिक मध्येको सबैभन्दा बढी मत कसलेल्याएको छ, त्यसअनुसार नै मतपत्रको क्रमसंख्या निर्धारण गरिन्छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एमालेको मत धेरै छ ।

तर विभाजनपछि एमालेको मत बाँडिएर काँग्रेस पहिलो भएको छ ।यस्तो अवस्थामा समेत एमालेलाई पहिलो पंक्तिमा राखिएपछि काँग्रेससहितका दलले चासो देखाएका हुन् । निर्वाचन आयोगसँग प्रमुख प्रतिपक्ष एमालेसमेत खुशी छैन । मंगलबार आचारसंहिता पालनाका लागि प्रतिवद्धता जनाउन आयोगले बोलाएको बैठकमा साना दलहरुले नाराबाजी गर्दा एमाले हस्ताक्षर नगरी बाहिरीएको थियो । त्यसको बदलामा बिहिबार ६ बुँदे ध्यानाकर्षण बुझाएको छ । मुलतः दल र आयोगको मुडभेडकै कारण निर्वाचन समयमै हुँदैन किन भन्ने शंका बाँकी छ । सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यसअघि नै निर्वाचन सार्ने पक्षमा थिए ।

तर चर्काे दबाबमा परेका उनीहरु जसोतसो निर्वाचन स्वीकार्दै तयारीमा जुटेका छन् । नेपाली काँग्रेससमेत संवैधानिक बाध्यताका कारण चुनावमा होमिएको प्रष्टै छ । संसद बाहिर रहेका दलहरुसमेत निर्वाचनका विषयमा लगाव देखाएका छन् । गठबन्धनमा आवद्ध दल र प्रतिपक्ष एमालेसमेत ती दलहरुबीच समीकरण गर्दै चुनावमा जाने बाटो खोजिरहेका छन् । यसर्थ कुनैपनि बेला, कुनै पनि बहानामा निर्वाचन नसर्ला भन्ने शंका सुविधा अझै कायमै छ ।