काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै त्यसको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रवारदेखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान को काठमाण्डौमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी विदेश पलायन भइरहेका भन्दै यो क्रमलाई रोकेर नेपाललाई विदेशी विद्यार्थीको अध्ययनको गन्तव्य बनाउन सकिने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताउनुभयो । उहाँले स्वदेशमै उच्च शिक्षा दिनसके स्वावलम्बी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


प्रतिक्रिया