काठमाडौँ — पुर्वप्रधान्मन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले तत्कालिन नेकपा गठन हुँदा केपी ओलीले सत्ता कब्जा गर्न एकता गरेको आरोप लगाएका छन् । पूर्वी चितवनको एक कार्यक्रममा बोल्दै प्रचण्डले आफू समाजवादी निर्माण गर्न एकता गरेको बताए ।
‘केपी ओली सत्ता कब्जा गर्न एकता गरे छन्। हामीले समाजवादी निर्माण गर्ने उद्देश्यका निम्ती एकता गरेका थियौ’ प्रचण्डले भने, ‘हामीले विचार र राजनीतिमा केपी र केपी गुटलाई सहमत गराएपछि आफ्नो लाइनमा पार्टी बनाईहाल्छौ भन्ने विश्वासले गरेका थियौ । तर त्यस्तो हुन सकेन । केपी ओलीले माओवादी जनयुद्धलाई स्वीकार गरेर हस्ताक्षर गरेपनि सत्ता कब्जा गर्ने उदेश्यले मात्रै स्वीकार गरेको बताए ।
‘केपी ओलीले माओवादी जनयुद्ध महान हो । माओवादी जनयुद्धले जागरण आयो भनेर हस्ताक्षर गरे प्रचण्डले भने, ‘यदी त्यसो भनेर हस्ताक्षर गरेन भने एकता गर्दैनन्। एकता गरेन भने प्रधानमन्त्री भइन भन्ने उनको रहेछ।’ तर माओवादीको एकतामा कुनै बेइमान र जाल झेल केही नभएपनि केपीकै कारण नेकपा विभाजन भएको प्रचण्डको जिकिर छ ।


प्रतिक्रिया