काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन कम्युनिस्ट क्रान्तिकारीहरुकै उर्वर भूमि भएको बताएका छन् । पूर्वी चितवनको रत्ननगर, खैरेनी राप्ती क्षेत्रलाई समेटेर आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी जनयुद्धदेखि नै चितवन आधार क्षेत्र भएकाले त्यसलाई जोगाउन निर्देशन दिए ।
‘चितवनको भूमि कम्युनिस्ट क्रान्तिकारीहरुको उर्वर भूमि हो । यदि कसैले कम्युनिस्ट उर्बर भूमि छैन भन्छ भने त्यो गलत हो’ प्रचण्डले प्रष्टिकरण दिँदै भने, ‘प्रतिक्रियावादी र संशोधनवादीले फैलाएको भ्रम चिरेर राष्ट्र, जनता, वर्ग हाम्रो समुदायको हक अधिकारको निम्ति एक पटक जागौँ । हामी लगियौ ने केही समयभित्रै परिस्थिति बदल्न सक्छौ । खैरेनी, रत्ननगर र राप्तीको जिम्मा लिएर नयाँ नेतृत्व आएकाले भोट हाल्ने बेलासम्म परिस्थिति अर्कै हुने प्रचण्डले दाबी गरे ।


प्रतिक्रिया