Breaking

२०४ जनाले पाए सगरमाथा आरोहण गर्न अनुमति


काठमाडौँ — सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए । ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन् ।

सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिँदा २५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।