देश

नेकपा एमालेकै चुनाव चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ: अध्यक्ष थापा


काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो पालिका चुनावमा नेकपा एमालेकै चुनाव चिह्न लिएर सहभागी हुन इच्छुक रहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित पालिका चुनावको घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।अध्यक्ष थापाले भन्नुभयो, ‘पालिका चुनावमा नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ ।


नेकपा एमालेका केन्द्रीय तहका नेताहरूसँग हामी छिट्टै नै दुई पक्षीय कुराकानी गरेर निष्कर्षमा पुर्‍याउने छौँ । नेकपा एमालेसँग सहकार्य र तालमेल गरेर जाने भएको हुँदा सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सक्ने सम्भावनाका बारेमा जानकारी गराउन चाहन्छु । यो निर्णय होइन, पार्टीको धारणा हो ।’ अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेबारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो ।