काठमाडौँ — बेबी सावर’ले पछिल्लो समय फेसनकै रुप लिन थालेको छ । तर अब यो आधुनिक संस्कार केवल मानवजातिमा मात्र सीमित नरहने देखिएको छ । किनकि भारतको तमिलनाडुमा एउटा गर्भवती कुकुरका लागि समेत ‘बेबी सावर’को आयोजना गरिएको छ ।
तमिलनाडुको एक परिवारले आफ्नो घरमा पालेको कुकुर गर्भवती भएसँगै ‘बेबी सावर’को कार्यक्रम गराएको छ । बेबी सावर समारोहमा परिवारका सबै सदस्य उपस्थिति हुनुका साथै भोजको समेत आयोजना गरियो । सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा गर्भवती कुकुरलाई टीका र माला लगाएर पुजा गरेको छ ।


प्रतिक्रिया