Breaking

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान


काठमाडौँ — बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेसनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ ।

डा. पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो ।

कार्यक्रममा डा. पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए ।

काक्रममा नेपाल एजुकेसन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो ।