Breaking

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


काठमाडौँ – सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको सहभागी छन् । बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे छलफल भइरहेको जनाएको छ।