देश

स्थानीय तहको निर्वाचनमा धरानमा एउटै चुनाव चिन्हबाट लड्ने गठबन्धनको तयारी


काठमाडौँ — स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरान उपमहानगरपालिका भित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन् । धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ ।

मंगलबार धरानमा गठबन्धनको बैठक बसेको थियो । बैठकले वडा तहको भागवण्डामा लगभग सहमति गरेको छ । नेपाली कांग्रेस र अन्य दलले ६०–४० का आधारमा भागवण्डा गर्ने विषयमा लगभग सहमति भएको हो । मेयर र उपमेयरमा आ-आफ्नै चुनाव चिन्हबाट लड्नुहुन्छ, वडामा अध्यक्षदेखि सदस्यहरु जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी छ,’ गठन्धनका एक नेताले भने, ‘माओवादीले टिकट पाएको वडामा गठबन्धनका सदस्यले हसिया हतौडाबाटै उम्मेद्वारी दिन्छन्, कांग्रेसले टिकट पाएको वडामा रुखबाटै वडा अध्यक्ष र सदस्यको उम्मेदवारी दिन्छन् ।’