Breaking

गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउने तयारी


काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीनिकट नेता एवम् कानुनविद् गोविन्द बन्दी मन्त्री बन्ने भएका छन् । स्रोतहरूका अनुसार पाँच दलीय गठबन्धनले उनलाई कानुनमन्त्री बनाउन लागेको हो ।

वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई उद्योग मन्त्रालयमा लगेर बन्दीलाई कानुनमन्त्री बनाउन लागिएको हो । उनले यसअघि गत फागुन १६ गते संसदबाट पास भएको अमेरिकी सहायता परियोजना एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाको ड्राफ्ट गरेका थिए । स्रोतहरूका अनुसार बन्दीलाई बिहीबारै मन्त्री पदको शपथ दिलाउने तयारी छ ।

गैर सांसद रहेका बन्दी कम्तीमा ६ महिना मन्त्री हुन सक्नेछन् । एकीकृत समाजवादी पार्टीका महासचिव वेदुराम भुसालले गठबन्धनको साझा प्रस्तावमै बन्दीलाई मन्त्री बनाउन लागिएको हो । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्री बनाउने प्रस्ताव गरेका थिए ।