Breaking

सुन र चाँदीको मूल्य बढ्यो


काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको १० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ । बुधवार प्रतितोला ९८ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै‚ बिहीवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेको छ । बुधवार एक हजार ३३५ रूपैयाँमा करोबार भएको चाँदीको मूल्य बिहीवार एक हजार ३४५ रूपैयाँ तोकिएको छ ।