Breaking

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन– २०७९, घोषणापत्र तयारी समिति’ को बैठक आज बिहीबार बस्दै छ ।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समितिको पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय ९सानेपा० मा बस्ने समितिका एक सदस्यले जानकारी दिए।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयार पार्न यही चैत १० गते महामन्त्री थापाको संयोजकत्वमा समिति गठन गरेका हुन्।