Breaking

पल शाहलाई थुनामा राख्ने आदेश


काठमाडौँ — अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो ।

पीडित किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर उनले पटकपटक जबरजस्ती करणी गरेको अभियोग छ । पीडितका बुबाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए ।

शाहविरुद्ध १२ देखि १४ वर्षसम्म जेल सजाय हुनुपर्ने माग दाबी सरकारी वकिलले गरेका छन् ।