Breaking

गठबन्धनकै कारण अर्थतन्त्र डामाडोल, श्रीलंकाको स्थिति आउँला ?


काठमाडौँ — आर्थिक हिसाबले एशियाली मुलुकहरुमा राम्रै दर्जामा गनिने मुलुक श्रीलंका अहिले चरम आर्थिक संकटमा छ । आर्थिक हिसाबले इतिहासकै गहिरो संकटमा फसेको श्रीलंका यो अवस्थाबाट कसरी माथि उठ्ला ? विश्वकै चिन्ताको विषय बनिरहेको बेला आज नेपाल पनि सोही दिशातर्फ उन्मुख भइरहेको छ । तथ्यांकले पनि नेपालको अर्थतन्त्र संकटउन्मुख भएको प्रष्ट देखाउँछ । सरकारकै निकायहरुले भनिरहेका छन् देशको अर्थतन्त्र सुधारका लागि समयमै ध्यान दिइएन भने श्रीलंकाका कै स्थिति सिर्जना हुन सक्छ । मुख्यरुपमा सरकारले खर्च गर्र्न सकेको छैन । चालु आर्थिक वर्षको ८ महिना २२ दिन अर्थात मंगलबार सम्मको तथ्यांकक हेर्ने हो भने पँुजीगत खर्च २५ दशमलव दुई प्रतिशत मात्रै भएको छ ।

जुन सरकारको लक्ष्य अनुसार छैन । अर्थमन्त्रीले सत्तामा आएपछि प्रत्येक महिना दश प्रतिशत पुँजीगत खर्च गर्छु भनेर आश्वासन दिएका थिए । तर अहिलेको वर्तमान तथ्याङ्कले अर्थमन्त्रीको त्यो भनाइलाई नै गिज्याईरहेको छ । पँुजिगत खर्च कम हुदा बैंकिङ प्रणालीमा तरलता अभाव झन–झन खड्किदै गएको छ । पैसाको माग अत्यधिक हुने तर माग अनुसार प्रणालीमा पैसा नथपिँदा तरलता अभाव चरम उत्कर्षमा पुगेको छ । देशको अर्थतन्त्र आज यो अवस्थामा पुग्नुमा राजनीतिक दलहरुलाई कारण ठानिएको छ ।।

सरकबार सँग निजी क्षेत्र पनि सन्तुष्ट देखिदैनन् । मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी सरकारले काम गर्न नसकेको उनीहरुको आरोप छ । अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको गुनासो उनीहरुको छ । सरकारले नीजि क्षेत्रलाई हेपेर अपराधिको जस्तो व्यवहार गरेको आरोप उद्योगीको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि अब अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयातमा समेत रोक लगाइएको छ । यद्दपी यसको मारमा परेको भन्दै व्यवसायीहरुले विरोध जनाउँन थालिसकेका छन् । नेपालमा अर्थतन्त्र आरालो लाग्दै गएपछि प्रतिपक्षदेखि सत्तापक्ष दलबाटै अर्थमन्त्री फेर्न दबाव आइरहेको छ । यतिसम्म कि काँग्रेसको केन्द्रीय कमिटी बैठकमै पनि अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै मागियो । चौतर्फि दबाव खेपिरहेका अर्थमन्त्रीले शर्माले सुधारको संकेतको आश्वासन दिएपनि अर्थतन्त्रमा भने कुनै सुधार आउन सकिरहेको छैन् ।

राजनीतिक रुपमा अर्थमन्त्रीको चर्को विरोध भइरहेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीको बचाउँ गर्दै श्रीलंकाको बाटोमा देश जान नदिने भने बताउन थालेका छन् । केही समययता अर्थतन्त्रका महत्वपूर्ण आँकडाहरू हेर्दा अत्यासलाग्लो अवस्था छ । यतिबेला मुलुकको अर्थतन्त्रले ठूलो नीतिगत सक्रियता खोजेको छ । अझैपनि समयमै होस नपु¥याउने हो भने नेपालको नियति पनि श्रीलंकाको जसरी नै कुनै पनि वेला तीव्र गतिमा ओरालिन नसक्ला भन्न सकिन्न । श्रीलंकाको वर्तमानबाट सिकेर नेपालले भविष्यको खाका बनाउनु जरुरी रहेको विज्ञहरुले बताउँन थालिसकेका छन् ।