Breaking

आफ्ना प्रतिनिधि कस्ता होस् भन्ने चाहन्छन् आम नागरिक ? (भिडियो सहित)


काठमाडौँ — जनताको प्रत्यक्ष सरकोकारको विषयवस्तु भएको स्थानीय चुनावको माहोल बन्दै जाँदा देशैभर विभिन्न पार्टीमा उम्मेदवारीको आकांक्षा राख्ने तथा उम्मेदबारी दिनेहरुको संख्या बढ्दै छ । त्यसमध्ये पनि देशकै राजधानी काठमाडौँको मेयर बन्न नयाँ–नयाँ अनुहारले आकांक्षा देखाइरहेका छन् । पित्त बहादुर डल्लाकोटी (हरि) हिजो आज यो नाम निकै नै चर्चामा छ । कारण, उम्मेदवार बन्न पाउने आशामा अघिल्लो दिन नेकपा माओवादी त्यागी एमाले प्रवेश र भोली पल्टै फेरि माओवादीमा नै फिर्ता । उम्मेदवार बन्नका लागि सिद्धान्त, नैतिकताको बेवास्ता गर्ने धादिङ बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष डल्लाकोटी जस्ता उम्मेदवार कयन् छन् । उम्मेदवारीका लागि दलहरु हाल मापदण्ड तयारमा व्यस्त छन् । काठमाडौँ मेयरका लागि अहिले दलका नेताहरु उम्मेदवारी हत्याउन लागि परेका छन् । कलाकारदेखि पत्रकारसम्म, आम नागरिकदेखि प्रहरीसम्मले उम्मेदवारीमा आफ्नो नाम दिँदै गर्दा आम नेपालीहरु कस्ता उम्मेदवार चाहन्छन् त ?

समाजमा छवि राम्रा भएका व्यक्तिहरु उम्मेदवार बन्नु पर्छ, यसमा कुनै विरोध छैन, तर चुनावी खर्चकै लागि चिर परिचित व्यक्तिलाई दलहरुले आफ्नो उम्मेदवार चुन्दा सर्वसाधारणले चित्त बुझाउने उम्मेद्वारको अडेरी लाग्ने देखिन्छ । दलहरु जसरी उम्मेदवारी छान्नमा चुस्त देखिएका छन् त्यसै गरी अन्य विकासको कार्यमा लागेको भए देशको अवस्था नै अर्कै हुने सर्वसाधारण बताउछन् । हरेक चुनावमा एउटै अनुहारलाई मात्र भोट हाल्नुपर्ने अवस्था आउनु भन्दा नयाँ नयाँ अनुहारले उम्मेद्वारी दिनु सकारात्मक भएको कतिपयको बुझाइ छ । राजनीतिलाई कमाई खाने भाडो वा पेशा नठानी सेवा भावले बुझेका उम्मेदवारलाई अवसर दिनुपर्ने सर्वसाधरण बताउछन् । दलहरुले पनि लोभ, स्वार्थ नहेरी हाम्रा भन्दा राम्रा उम्मेदवारलाई रोज्न सके भोलिका दिनमा पछुतो मान्नु पर्ने अवस्था आउने छैन् ।