Breaking

वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिन्छ: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताउनुभएको छ । आज नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताउनुभएको हो ।

उहाँले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताउनुभयो । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।