देश

मेयरमा उठ्ने पार्टीले निर्णय गर्‍यो मैले गरेको छैन: अभिनेता भुवन केसी


काठमाडौँ — यतिबेला स्थानीय निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाको मेयर पदको विशेष चर्चा अनि आकर्षण चलिरहेको छ । काठमाडौंको मेयर पदमा र्‍यापर बालेन शाहदेखि पूर्व मिस नेवा सुनीता डंगोलेले उठ्ने घोषणा गरिसकेका छन् । यहि सेलिब्रेटिको सूचीमा अभिनेता भुवन केसीको नाम पनि जोडिएको छ । अभिनेता केसीलाई लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने निर्णय गरेको छ । यता, अभिनेता केसीले पनि यसबारे पार्टीसँग छलफल भएको कुरा नकारेनन्, तर मेयरमा उमेदवारी दिने नदिने निर्णय लिइनसकेको बताए ।

एउटा कलाकारको नाताले सबैले मलाई माया नै गर्नुहुन्छ त्यसप्रति म आभारी नै छु । तर, मैले अहिलेसम्म के गर्ने कसो गर्ने भन्ने कुराको ठोस निर्णय लिइसकेको छैन, अभिनेता भुवनले बताए । तर, यतिभनिरहँदा उनले समुन्नत लोकतन्त्र पार्टीलगायत केही पार्टीका नेताहरुसँग कफी गफमा राजनीतिको गफगाफ भैरहेको बताए । हो विभिन्न पार्टीका नेताहरुसँग, साथीभाइहरुसँग कफि गफमा राजनीतिको गफगाफ भएको हो । तर अघि भनेजस्तै मैले यसबारे कुनै ठोस निर्णय गरिसकेको छैन, भुवनले भने ।