देश

अनलाइन बजार दराजद्वारा नयाँ रहर नयाँअफरको घोषणा


काठमाडौँ — अनलाइनबजार, दराजले चैत्र २८, २०७८ -११ एप्रिल, २०२२) देखि नववर्षको सेल – नयाँ रहर नयाँअफर सुरु हुने घोषणा गरेको छ । नयाँवर्षको शुभ अवसरलाई लिएर दराजले आफ्नाग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रु ५००० सम्म को भाउचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहार स्कुटर जित्ने अवसर लिएर आएको छ । यस अभियानको लागिनेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराज बिच सम्झौताभएको छ । जसबाट नेपाल बैंकका कार्ड ग्राहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम रु १०००) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु १५००) सम्म छुटको मजालिन सक्नेछन ।

त्यस्तै सानिमा बैंक, नेपालइन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योतिविकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १०% रु. १००० सम्म छुट र क्रेडिट कार्ड अनलाइनप्रि–पेमेन्टमा १५% रु. १५०० सम्म छुटको मज्जालिन सक्नेछन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट-क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५% सम्म छुट अधिकतम १००० प्राप्त गर्न सक्नेछन । यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुने छ ।अभियानको क्रममा सबै विशेष बैंक छुटहरू मज्जालिन दराजले आफ्नाग्राहकहरूलाई अनलाइन भुक्तानीकालागि आफ्ना बैंक कार्डहरू सक्रिय गर्न अनुरोध गरेका छन्