काठमाडौँ — विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आफूमाथि लगाएको विश्वकप फुटबलको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ । युक्रेनमाथि आक्रमण थालेपछि फिफाले रुसको राष्ट्रिय टिमलाई विश्वकप फुटबलमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको थियो । फुटबल युनियन अफ रुसले फिफाको प्रतिबन्ध विरुद्ध अपिल गरेको थियो । तर कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट सिएएस का अनुसार फुटबल युनियन अफ रुसले अपिल फिर्ता लिएको छ ।
कतारमा हुने विश्वक फुटबलका लागि स्थान बनाउनका लागि रुस पोल्याण्डसँगको प्लेअफका लागि छनौट भएको छ । तर पोल्याण्डले रुससँग खेल्न मानेको छैन । उसले स्वीडेनसँगको प्रतिस्पर्धाका लागि बाइ पाउनु पर्ने माग गर्दै आएको छ । एजेन्सी
प्रतिक्रिया