देश

‘लण्डन टु पेरिस’ मा साम्राज्ञी अनुबन्धित


काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘लण्डन टु पेरिस’मा अनुबन्धित भएकी छिन् । घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्ममा उनले अभिनय गर्ने पक्का भएको हो । फिल्म निर्माण टिम र अभिनेत्री शाहबिच मंगलवार लिखित सम्झौता भइसकेको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको बेलायत र फ्रान्समा छायांकन हुने निर्माता अजित कुमार थापाले बताए ।

फिल्मको छायांकन असारबाट सुरु गर्ने जनाइएको छ । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यो फिल्ममा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम र सनिष खकुरेको लगानी छ ।