Breaking

शेखर कोइरालाको चेतावनी : केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुन्छ


काठमाडौँ — नेपाली काँग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् ।

पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने उनले बताएका हुन् । केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ।