Breaking

कंगोमा निधन भएका नेपाली शान्ति सैनिक सुर्खेतका अनिल गुरुङ


काठमाडौँ – कंगोमा निधन भएका नेपाली शान्ति सैनिक सुर्खेतका अनिल गुरुङ रहेको नेपाली सेनाले जनाएको छ ।

अपरेशन ‘बाली’ मा रहेको नेपाली शान्ति सैनिकमाथि कंगोका विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणमा घाइते सुर्खेतको गुर्भाकोट नगरपालिका- १४ का गुरुङको हिजो निधन भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शान्ति स्थापनामा संलग्न नेपाली शान्ति सैनिक आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएकोमा उनी र उनको परिवारप्रति प्रधानसेनापति प्रभुराम शर्माले दुःख व्यक्त गरेका छन्।