Breaking

एमालेसँग लड्न नसकेपछि चुनावी तालमेल : अध्यक्ष ओली


काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि सत्ता गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताएका छन् ।

मंगलबार वीरगन्जमा आयोजित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन ‘अपवित्र’ ढंगले जन्मिएको बताउँदै उनले जनताले बनाएको सरकारलाई अँध्यारो कुनाका बसेर ढालिएको उनले आरोप लगाए ।

वर्तमान सरकार संवैधानिक सरकार नभएको बताउँदै उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको बताए ।