Breaking

युक्रेनलाई थप १० करोड डलरको सैन्य सहयोग दिने अमेरिकाको घोषणा


काठमाडौँ — अमेरिकी विदेशमन्त्री एन्टोनी बिन्केनले युक्रेनलाई थप १० करोड डलर सहयोग घोषणा गरेका छन् ।

रुसले युक्रेनमा गरेको बर्बरताको समाचार आएसँगै अमेरिकाले थप सहयोग घोषणा गरेको हो । एक विज्ञप्ति जारी गर्दै ब्लिन्केनले भने, ‘युक्रेनको अतिरिक्त एन्टी–आर्मर सिस्टमको तत्काल आवश्यकता देख्दै अमेरिकाले १० करोड डलरसम्मको सुरक्षा सहायता दिने निर्णय गरेको छ ।’

त्यस्तै चेक रिपब्लिकले पनि युक्रेनलाई युद्धको लागि हतियार पठाउने भएको छ । चेक रिपब्लिक रुससँग लडिरहेको युक्रेनलाई हतियार सहयोग गर्ने पहिलो युरोपेली मुलुक बनेको छ । वरिष्ठ चेक अधिकारीले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा युक्रेनलाई सोभियत निर्मित टी–७२ ट्यांक र बीभीपी–१ वाहन युक्रेन पठाएको बताएका छन् ।