Breaking

टिकट विवादमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते


काठमाडौँ — धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ ।

मंगलबार राति हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । तर उनको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ । एक जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी जनाएको छ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि राजनीतिक दलहरू प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन् ।