काठमाडौँ — स्थानीय तह निर्वाचन नजिकिएसंगै सत्ताघटकमा चुनावी तालमेलको विषय अझ पेचिलो बन्दै गएको छ । दलभित्रको आन्तरिक किचलोका कारण तालमेल नै टुट्ने आशंकाबीच केहि स्थानमा भने बाध्यतावश गठबन्धन सुनिश्चित बनेको छ । आखिर कस्तो बन्ला त सबैलाई समेट्ने तालमेलको मोडालिटि स्थानीय तहको निर्वाचनमा तालमेल सहित जाने निर्णयपछि अहिले सत्ताघटक दलहरु तालमेलको समिकरण तथा पद वाँडफाड मिलाउन व्यस्त देखिएका छन । सत्ता घटककै दलहरुबीच र दलहरुभित्र समेत फरक मत कायमै रहँदा तथा केन्द्रको निर्णय अनुसारको अवस्था तल्लो तहमा नदेखिदाँ समिकरण मिलाउन उनीहरुलाई हम्मेहम्मे परिरहेको छ ।
यहि रस्साकस्सीका विचमा सत्तारुढ पाँच दलीय गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति नै गठन गरेको छ । कसरी तालमेल गरेर जाने, पार्टी पङ्तिलाई कसरी परिचालन गर्ने ? लगायतका विषयको टुङ्गो लगाउने जिम्मा पाएको यो समितिको बैठक वुधवार बस्दै छ । तालमेलका विषयमा देखिएको अलमल अन्त्य होस र मध्यमार्गी बाटो पहिल्याउन समितीमा गठबन्धनमा रहेका पाँच दलका नौ जना नेताहरू सदस्य छन् । जसको सदस्यमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुषाल र विजय पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई र भौतिक पुर्वाधार मन्त्री रेनु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी छन । सबै पार्टीहरूको धारणा अनुसार नै चुनाव परिचालनको मोडेल तयार गर्ने समितिको तयारी छ ।
विशेषत आफ्नो भागमा वढि स्थान पार्न वार्गेनिङ गर्ने अन्य घटक दलहरुका कारण पनि तालमेल अझ पेचिलो बनिरहेको छ । बाँकेमा जसपाले छुट्टै निर्वाचनमा जाने धारणा राखेको छ । नेपाली काँग्रेस बाँके सभापति एवं गठबन्धन समितिको संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमै अन्य दलभन्दा जसपा बलियो रहेको कारण जसपा छुट्टै चुनाव लड्ने बताएको छ भने मेयरको उमेद्धारी नै घोषणा गरेको छ । यद्यपी कतिपयले यसलाई सिट वार्गेनिङको आधारमात्र भएको आरोप लगाएका छन । वाँडफाडमा उचित लाभ मिले अन्तत उनीहरु पनि केन्द्रको निर्णयमै बाधिने धेरेको विश्लेषण छ ।
यता ईपिसेन्टर बनेको चितवनमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सक्रियतामा चितवन जिल्ला गठबन्धन सुनिश्चित भएको छ । चितवन जिल्लामा गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय संयन्त्रको संयुक्त बैठकले जिल्लास्थित ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरेको हो । यतिले मात्र तालमेलको संकटमोचन हुन अवस्था छैन, प्रमुख दल भएकै कारण यसको दवाव कांग्रेसमा बढि परिहरहेको छ । त्यसको समाधान काग्रेस कसरी गदैछ त ?
यसैपनि तीन मुख्य दललाई स्थानीय तहको प्रमुखको उम्मेदवार छनोटको प्रक्रिया नै चुनौतीपूर्ण बन्ने देखिएको छ । गठबन्धनका कारण जित सुनिश्चित भएको भन्दै बढ्दो आकक्षी संख्या उच्च छ भने गठबन्धनकै कारण सिटमा हुने सिमितताका कारण सबैलाई समेट्न सकिने अवस्था छैन । यहि कारण बढ्ने असन्तुष्टि तालमेलको तगारो बन्ने सम्भावना पनि प्रवल छ । त्यहि अन्तरघातको परिपूर्ती गठबन्धनबाट प्राप्त गर्ने रणनितीमा कांग्रेस छ भने तल्लो तहसम्मै गठबन्धबाहिरका दलहरुसंग तालमेल गर्न नपाईने निर्णय पनि भईसकेको छ ।


प्रतिक्रिया