काठमाडौँ — स्थानीय कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको मंगलबार बिहान यसोदा खोला किनारमा हत्या गरिएको अवस्थामा शव फेला परेको हो । विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बिहान ५ बजे घरबाट ट्युसन पढ्न विद्यालय जाँदै गरेकी कविता यसोदा खोला किनारमा मृत फेला परेकी थिइन् । उनले स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले मंगलबार दिउँसो एक संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।


प्रतिक्रिया