Breaking

निर्वाचन आयोगले बोलाएको बैठकमा बोल्न नदिएको भन्दै नाराबाजी


काठमाडौँ — निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ ।

मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो ।

छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन् । सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गरे पनि विरोध जारी रहेको छ ।