Breaking

रामचन्द्र पौडेल गठबन्धनका ‘चुनावी कमान्डर’


काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पाँच दलीय गठबन्धनका तर्फबाट स्थानीय तह निर्वाचनका लागि ‘चुनावी कमान्डर’ बनाइएका छन् ।

गठबन्धनले निर्वाचन परिचालन तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको हो ।

उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् । समितिमा कांग्रेसका महामन्त्री गगन थापा, सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई र नेतृ रेनु यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल संलग्न छन् ।

जनमोर्चाकी उपाध्यक्ष पौडेलले ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ बैठक बुधबार बस्ने जानकारी दिएकी छन्।