Breaking

सत्ता गठबन्धनको बैठक सकियो, के भयो निर्णय ?


काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ ।

बैठक केही बेरअघि मात्र सम्पन्न भएको एक नेताले जानकारी दिएका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दल मंगलरबार बिहान ९ बजेदेखि दुई घण्टा छलफलमा बसेका हुन् ।

उनीहरूबीच चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको बताइएको छ । त्यसको जानकारी आउन भने बाँकी छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन् ।