समाचार

बारको नयाँ नेतृत्वका लागि मतगणना जारी


काठमाडौँ — नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ । काठमाडौँसहित देशैभरीका ३४ मतदान केन्द्रवाट मतपेटिका राजधानी आएलगत्तै बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।

बारेको २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ताहरू मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा छ ।