Breaking

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बसिरहेको छ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका पाँच दलले गरिसकेका छन् । आजको बैठकमा तालमेलको मोडालिटीबारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनायो ।

यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गर्दै त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो । सो समितिलाई चैत २२ गते ९आज० प्रतिवेदन बुझाउन भनिएको थियो । आजको सत्ता गठबन्धनको बैठकमा सोही समितिको प्रतिवेदन वा रिपोर्टिङबारे छलफल हुने नेताहरुले बताएका छन् ।