Breaking

तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ — सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालसहित केही नेता बालुवाटार पुगिसकेका छन् ।

आजको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने नेता भुसालको भनाइ छ । गत बिहीबार बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ।